June 12, 2021, Saturday
२०७८ जेष्ठ २९, शनिबार

हिमाल सफाई अभियान-२०२१ सम्पन्न,२७ हजार ६७१ केजी फोहोर संकलन

काठमाडौं, नेपाली सेनाको अगुवाइमा भएको सफाई हिमाल अभियान-२०२१ सम्पन्न भएको छ । नेपाली सेनाले आजजंगी अड्डामा भर्चुअल कार्यक्रम गर्दै औपचारिक कार्यक्रम सम्पन्न भएको जानकारी दिएको हो ।

सो अभियानको क्रममा २७ हजार ६७१ केजी फोहोर संकलन भएको थियो । जसमध्ये २५ सय ५  केजी फोहोर कुहिने र २५ हजार १६६ केजी फोहोर संकलन भएको छ ।

कुहिने फोहोर स्थानीय निकायलाई हस्तान्तरण गरिएको र नकुहिने फोहोर रिसाइक्लिङ एजेन्सीलाई दिएको नेपाली सेनाले जनाएको छ ।

यसैगरी सगरमाथा, ल्होत्से, मकालु, धौलागिरी, पुमोरी र आमादब्लम गरेर ६ हिमालको सफाइको योजना साथ २०७७ चैत ३१ गतेबाट सुरु भएको अभियान जेठ १५ गतेसम्म सञ्चालन भएको थियो । 

फोहोर सफाई अभियानको क्रममा सेनाले धवलागिरीको आधार शिविरमा दुई, सगरमाथाको क्याम्प ४ मा दुई गरेर चारवटा शव भेटिएको थियो । 

शीर्ष समाचार

धेरै पढिएको