June 12, 2021, Saturday
२०७८ जेष्ठ २९, शनिबार

थप ५ हजार ४२ जनामा कोरोना संक्रमण, ६८ जनाको मृत्यु 

काठमाडौं, शनिवार नेपालमा थप ५ हजार ४२ जना नयाँ संक्रमित थपिएका छन् भने ८ हजार २४३ जना कोरोना निको भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घन्टामा ६८ जना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ हजार ७९९ पुगेको छ ।

यस्तै अहिलेसम्म नेपालमा ५ लाख ९८ हजार हजार २०४ जनालाई संक्रमण पुष्टि भएको छ जसमध्ये ४ लाख ८४ हजार ३७३ जना संक्रमणमुक्त भएका छन् ।हाल ९२ हजार ९२८ संक्रमित आइसोलेसनमा छन् ।

शीर्ष समाचार

धेरै पढिएको