June 16, 2021, Wednesday
२०७८ असार २, बुधबार

अष्ट्रेलियाले उपलब्ध गराएको स्वास्थ्य सामग्री नेपाली सेनालाई हस्तान्तरण

काठमाडौं, अष्ट्रेलिया सरकारले नेपाली सेनाका लागि उपलब्ध गराएको स्वास्थ्य सामग्री शनिवार काठमाडौं आइपुगेको छ ।

विश्वव्यापी महामारी कोभिड–१९ विरुद्ध लड्न नेपाली सेनाका स्वास्थ्यकर्मीका लागि १८ लाख बराबरको स्वास्थ्य सामग्री अष्ट्रेलियन एयर फोर्सको जहाज मार्फत आज काठमाडौं ल्याइएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक कार्यक्रम मार्फत नेपालस्थित अष्ट्रेलियाका राजदूत फेलिसिटी जेन भोल्कले बलाधिकृत रथी प्रभुराम शर्मालाई हस्तान्तरण गरेकी हुन् ।

शीर्ष समाचार

धेरै पढिएको