June 13, 2021, Sunday
२०७८ जेष्ठ ३०, आईतवार

सामन्तवाद समाप्त पार्न आन्दोलनबाट मात्रै सम्भव: प्रचण्ड

काठमाडौं, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले समाजवादी क्रान्तिबाट सामन्तवादका अवशेष समाप्त पार्न कम्युनिष्ट एकता र आन्दोलनबाट मात्र सम्भव भएको बताएका छन् ।

शनिवार एकीकृत अखिल नेपाल शिक्षक संगठनले आयोजना गरेको ‘राष्ट्रिय प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम’मा भर्चुअल माध्यमबाट सम्बोधन गर्दै आज उनले यस्तो बताएका हुन् ।

यसैगरी उनले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानविपरित मन्त्रिपरिषद् पुनर्गठन गरेको उनको भनाइ छ । उनले भने, “चुनाव घोषणा गरिसकेको सरकारले संविधान प्रतिकूल मन्त्रिपरिषद् पुनर्गठन गरेको छ ।”

सो अवसरमा अध्यक्ष प्रचण्डले संविधान, लोकतन्त्र र राष्ट्रियता रक्षाका विषय जनताबीच पुर्‍याउन शिक्षकहरूलाई आग्रहसमेत गरेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको