June 12, 2021, Saturday
२०७८ जेष्ठ २९, शनिबार

काठमाडौं महानगरको प्रत्येक वडामा खोप केन्द्र

काठमाडौं, काठमाडौं महानगरपालिकाले आउँदो मङ्गलवारदेखि ६०-६४ वर्षसम्मकालाई दिईने कोरोना विरुद्धको खोप सञ्चालन गर्ने केन्द्रको नाम तोकेर पठाउन वडा खोप समन्वय समितिलाई पत्राचार गरेको छ । सो उमेर समूहका व्यक्तिका लागि भेरोसेल (चाइनीज खोप) को पहिलो मात्रा दिन लागिएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको यहीँ जेठ १८ गतेको निर्णयका आधारमा शुक्रवारर जिल्ला स्वास्थ्य कार्यालय र कामपाको शहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभागबीच बैठक बसेर हरेक वडामा एक÷एक खोप केन्द्र सञ्चालन गर्ने निर्णय गरेको छ ।

सोही निर्णयका आधारमा वडाको खोप केन्द्र वडाबाट तोक्नका लागि पत्राचार गरिएको हो । सरकारले खोप कार्यक्रमअन्तर्गत पहिलो पटक महामारी नियन्त्रणका लागि अग्रपङ्क्तिमा खटिनेका लागि, त्यसपछि ६५ वर्षदेखि माथिल्लो उमेर समूहका व्यक्तिका लागि र तेस्रोमा १८ देखि ५९ वर्षका व्यक्तिलाई खोप दिएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको