April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार

मलको अभाव छैन: कृषिमन्त्री अर्याल

file photo

काठमाडौं, कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले यस सिजनका लागि रासायनिक मलको अभाव नरहेको बताएकी छन् ।

शुक्रवार कृषि सामग्री कम्पनी लिमिटेडको मल खाद्य गोदामको अनुगमन र निरीक्षणका क्रममा उनले यस्तो बताएकी हुन् । पछिल्लो केहि दिनयता सरकारले किसानलाई मल दिन नसकेको समाचारहरु सञ्चारमाध्यममा आएपछि कृषिमन्त्री अर्याल आज अनुगमनमा निस्किएका हुन् ।

कम्पनीमा मौज्दात रहेको मलको निरीक्षण पश्चात् आयोजीत पत्रकार सम्मेनलाई सम्बोधन गर्दै मन्त्री अर्यालले भने, “यो सिजनका लागि मलको कुनै समस्या छैन । तर कोभिड १९ का दोस्रो लहरको प्रकोपका कारण भएको निषेधाज्ञाले केही जिल्लाहरुमा मलको ढुवानीमा समस्या देखिएको भए पनि गुनासो आउनेबित्तिकै त्यसको समाधान गरिएको छ ।”

यो सिजनको बाली लगाउने प्रयोजनका निम्ती साउनसम्म मल स्टक भएको बताउँदै उनले भनिन्, “अहिलेसम्मको तथ्य र प्रमाणले खेतीबाली लगाउनसम्मका लागि कुनै समस्या छैन । मलको बितरणमा समस्या नहोस् भनेर हामीले विशेष ध्यान दिइरहेका छौ ।”

कोरोनाका कारण मल विरणमा केही ठाउँमा समस्या देखिएको भए पनि त्यसलाई तत्काल समाधान गर्नेगरी अगाडी बढिसकेकाले हाल त्यो समस्या पनि समाधान भएको उनको दाबी छ ।

शीर्ष समाचार

धेरै पढिएको