November 30, 2021, Tuesday
२०७८ मंसिर १४, मंगलवार

ठाकुर पक्षबाट मन्त्री बनेका नेताहरुको सपथग्रहण आजै


काठमाडौं, जनता समाजवादी पार्टी, नेपाल (जसपा) का महन्थ ठाकुर पक्षबाट आठजना मन्त्री र दुईजना राज्यमन्त्रीले आज साँझ ६ बजे सपथग्रहण गर्ने भएका छन् ।

प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भएको सहमतिअनुसार पार्टीले सरकारमा सहभागी हुने १० जनाको नाम बुझाइसकेको जसपाका कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिएका छन् ।

यसैगरी मन्त्री बन्नेमा राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, लक्ष्मणलाल कर्ण, चन्दा चौधरी, एकवाल मियाँ, विमल श्रीवास्तव, उमाशंकर अरगरिया र रेणुका गुरुङ, चन्द्रकान्त चौधरी रहेका छन् ।

यस्तै उनीहरुले कुन-कुन मन्त्रालयको जिम्मेवारी पाए भन्ने जानकारी भने शपथग्रहणको समयमा गराइने भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको