November 30, 2021, Tuesday
२०७८ मंसिर १४, मंगलवार

काठमाडौं उपत्यकामा थपिए १३ सय ८४ संक्रमित

काठमाडौं, शुक्रवार काठमाडौँ उपत्यकामा १३ सय ८४ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ८९७, भक्तपुरमा १८८ र ललितपुरमा २९९ जना थपिएका हुन् ।

गत २४ घण्टामा देशभर थप ६ हजार ६५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कूल संक्रमितको संख्या ५ लाख ८१ हजार ५६० पुगेको हो ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ९७ हजार ६९९ रहेको छ । सोही अवधिमा थप ८ हजार ६६३ जना निको भएका छन् । हालसम्म नेपालमा ४ लाख ७६ हजार १३० जना निको भएका छन् ।

यस्तै कोभिड–१९ को संक्रमणबाट थप १०१ जनाले ज्यान गुमाएका छन् । योसँगै नेपालमा ७ हजार ७३१ जनको मृत्यु भइसकेको छ ।

शीर्ष समाचार

धेरै पढिएको