November 30, 2021, Tuesday
२०७८ मंसिर १४, मंगलवार

थप ४ हजार ६२४ जनामा कोरोना संक्रमण, १०१ जनाको मृत्यु

काठमाडौं, शुक्रवार देशभर ४ हजार ६२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ८१ हजार ५६० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ८ हजार ६६३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ४ लाख ७६ हजार १३० पुगेको छ ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ९७ हजार ६९९ पुग्नुका साथै क्वारेन्टाइनमा ७५५ जना रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा थप १०१ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ७३१ पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको