November 30, 2021, Tuesday
२०७८ मंसिर १४, मंगलवार

महामारीमा श्रमजीवी पत्रकारहरुलाई सेवा–सुविधाबाट बञ्चित नगराउन निर्देशन

काठमाडौं, विश्वव्यापी महामारी कोभिड–१९को दोस्रो लहरमा अहिलेसम्म देशभरका १९ पत्रकारको निधन भएको छ भने नौ सय पत्रकार सङ्क्रमित भएका छन् । प्रेस काउन्सिलका अनुसार यसमध्ये २ सय सक्रिय सङ्क्रमित छन् ।

३० जना अस्पताल भर्ना भएका छन् भने हाल ५ जनालाई आइसियू÷भेन्टिलेटरमा राखी उपचार भइरहेको छ । श्रमजीवी पत्रकारको यस्तो अवस्था रहेकोमा महामारीको निहुँ बनाएर कतिपय सञ्चारमाध्यमका सञ्चालक तथा लगानीकर्ताले कोरोनाको पहिलो लहरदेखि नै श्रमजीवी पत्रकार ऐन, २०५१ अनुसार पत्रकारलाई तलब नदिएको, कामबाट बञ्चित गराउने गरेको र सेवाबाटै हटाउने गरेको पाइएको प्रेस काउन्सिलले जनाएको छ ।

काउन्सिलले कुनै पत्रकारलाई सेवाबाट नहटाउन, कामबाट बञ्चित नगर्न, ऐन, नियमले तोकेबमोजिम तत्काल सेवा–सुविधा उपलब्ध गराउन सम्बन्धित पक्षसँग अनुरोध गरेको । शुक्रवार काउन्सिलले एक विज्ञप्ति जारी गर्दै सेवामा पुनःस्थापना नगरिएमा, काममा नलगाइएमा तथा सेवा–सुविधा नदिइएमा काउन्सिलले स्थलगत निरीक्षण गर्ने जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘समस्या समाधान र अन्य कारबाहीका लागि सम्बन्धित पक्ष र उजुरीकर्तासँग त्रिपक्षीय छलफल गर्नसक्ने बेहोरा यसै विज्ञप्तिमार्फत जानकारी गराइन्छ ।’

प्रेस काउन्सिलद्वारा जारी विज्ञप्ति:

शीर्ष समाचार

धेरै पढिएको