June 12, 2021, Saturday
२०७८ जेष्ठ २९, शनिबार

अब हरेक वर्ष पुस ११ गते जेष्ठ नागरिक दिवस मनाइने

काठमाडौं, नेपाल सरकारले हरेक वर्ष पुस ११ गते जेष्ठ नागरिक दिवस मनाउने निर्णय गरेको छ । हालै बसेको मन्त्रिपरिषदको बैठकले महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको प्रस्तावमा उक्त निर्णय गरेको हो ।

सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता मन्त्री पार्वत गुरुङले शुक्रवार मन्त्रीपरिषदको निर्णय सुनाउने क्रममा परराष्ट्र मन्त्रालयको प्रस्तावमा सगरमाथा संवाद कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको बताएका हुन् ।

यसैगरी छिमेकी मुलुक भारतसँग मल खरिदबारे छलफलका लागि स्वीकृत दिने निर्णय भएको छ भने गृहमन्त्रालयको सिफारिसमा नेपाल नागरिकता दोश्रो संसोधन नियमावली २०७८ स्वीकृत गर्ने निर्णय भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको