June 12, 2021, Saturday
२०७८ जेष्ठ २९, शनिबार

प्रधानन्यायाधीश जबराद्वारा वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन

file photo

काठमाडौं, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले शुक्रवार वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गरेका छन् ।

संसद विघटनसम्बन्धी मुद्दामा विवाद आएपछि प्रधान्यायाधीश राणाले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्ने जानकारी गराउँदै यहीँ जेठ २३ गते विवादको सुनुवाइका लागि पेशी तोकेका थिए ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश राणाका अध्यक्षतामा वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की तथा न्यायाधीश मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेका छन् ।

संवैधानिक इजलास गठन भएलगत्तै आज नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ सम्बन्धी सुनुवाइ भइरहेको छ ।

यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ ९ सो अध्यादेश जारी गरेकि थिइन भने अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा हाल ६ रिट निवेदन परेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको