June 16, 2021, Wednesday
२०७८ असार २, बुधबार

पद पुनःस्थापना गर्न माग गर्दै सर्वोच्च पुगे सांसद थापा

कास्की, गण्डकी प्रदेशका सांसदबाट हटाइएका जनमोर्चाका कृष्ण थापा पद पुनःस्थापना गर्न माग गर्दै सर्वोच्च अदालतमा पुगेका छन् । आफूलाई सांसदबाट हटाइएको भन्दै थापा रिट लिएर आज सर्वोच्च अदालत पुगेका हुन् ।

सर्वोच्चमा उनको रिट शुक्रवार दर्ता भएको छ भने रिटमा सांसद थापाले पद पुनःस्थापना गरिपाउँ भन्ने माग गरेका छन् । संसदीय दलको बैठक नै नबसी आफुलाई हटाएको भन्ने उनको तर्क छ ।


थापालाई पार्टीको केन्द्रीय कमिटी बैठकले बिहीबार पार्टी विधान विपरीत काम गरेको आरोप लगाउँदै सांसद पदबाट हटाएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको