November 29, 2021, Monday
२०७८ मंसिर १४, मंगलवार

स्वार्थ बाझिने भन्दै ११ न्यायाधीशलाई इजलासमा नराख्न माग गर्दै सर्वोच्चमा रिट


काठमाडौं, सर्वोच्च अदालतका एघार जना न्यायाधीशलाई १४६ सांसदहरुले दायर गरेको मुद्दा छिनोफानोका लागि संवैधानिक इजलासमा नराख्न माग गर्दै आज सर्वोच्चमा निवेदन परेको छ ।

अधिवक्ता राजाराम घिमिरेले ती न्यायाधीशको स्वार्थ बाझिने भन्दै उनीहरुलाई संवैधानिक इजलासमा नराख्ने मागदाबीसहित शुक्रवार निवेदन पेस गरेका हुन् ।

ती ११ न्यायाधीशमा दिपक कार्की, मिरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई, अनिल सिन्हा, प्रकाशमान सिंह राउत, सपना मल्ल प्रधान, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ रहेका छन् ।

अधिवक्ता घिमिरेका अनुसार सांसदहरुको मुद्दामा यी न्यायाधीशहरुको कुनै न कुनै रुपमा स्वार्थ बाझिने दाबी गरिएको छ भने उक्त निवेदन संवैधानिक इजलासमै आइतबार पेस हुने सम्भावना रहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको