November 30, 2021, Tuesday
२०७८ मंसिर १४, मंगलवार

सरकारद्वारा हवाई यात्रुको क्वारेन्टाइनका लागि ७८ होटल छनोट

file photo

काठमाडौं, सरकारले भारत, कतार र टर्किबाट नेपाल आउने हवाई यात्रुका लागि ७८ वटा होटेललाई क्वारेन्टाईन बनाउने भएको छ । यहीँ जुन १ तारिकबाट हवाई यात्रुहरु नेपाल आउन थालेपिछ सरकारले होटेलहरूलाई क्वारेन्टाईन बनाउने निर्णय गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरीषद्को कार्यालयलका अनुसार क्वारेन्टाइनको लागि होटेलहरु रोज्ने कार्य पर्यटन विभागले गरेको हो ।

विमानस्थल नजिकका सात वटा पाँचतारे होटल, सात वटा चार तारे होटल, ५१ वटा पर्यटक स्तरका र अन्य आठ वटा होटल तय गरेका विभागले जनाएको छ । ति आठ होटलहरुमा एयरपोर्ट होटेल र दुईवटा रिर्सोट पार्क भिलेज रिसोर्ट र गोकर्ण फरेस्ट रिसोर्टले अघिदेखि नै क्वारेण्टाईन सेवन दिँदैसेवा दिदै आएका थिए ।

सबै होटल र रिसोर्टका लागि सरकारले नै सबै मापदण्ड तय गरेको छ । क्वारेन्टाइनका लागि कम्तीमा २० वटा कोठा भएको होटल रोजेको पर्यटन बिभागका महानिर्देशक रुद्रमान सिंह तामाङ्ले बताए ।

शीर्ष समाचार

धेरै पढिएको