June 16, 2021, Wednesday
२०७८ असार २, बुधबार

मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा प्रधानमन्त्री ओली

काठमाडौं, प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन् । जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षका केही नेतालाई आजै मन्त्रीको शपथ गराउने तयारी भएको छ ।

कुन कुन मन्त्रालय कसलाई दिने भन्ने सूचीबारे आफूलाई जानकारी नभए पनि आज साँझ ५ बजेसम्म शपथको तयारी भइरहेको नेकपा (एमाले) पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले बताएका छन् ।

प्रधानमन्त्री ओलीले गए राती जसपाका अध्यक्ष ठाकुरसँग लामो छलफल गरेका थिए भने बालुवाटारमा भएको छलफलपछि आज जसपाबाट केही नेताहरुलाई मन्त्रीको शपथ ग्रहण गराउने तयारी भएको हो ।

यसअघि माओवादी केन्द्र परित्याग गरी एमालेमा आएका नेताहरुले सम्हाल्नुभएका मन्त्रालय अहिले खाली छ ।

शीर्ष समाचार

धेरै पढिएको