June 12, 2021, Saturday
२०७८ जेष्ठ २९, शनिबार

दैनिक उपचार गर्न नआएको भन्दै शिक्षकद्वारा स्वास्थ्य संयोजकमाथि हातपात

हुम्लामा, कोरोना सङ्क्रमित श्रीमतीको दैनिक उपचार गर्न नआएको भन्दै एक हुम्लामा एक शिक्षकले स्वास्थ्य संयोजकमाथि हातपात गरेका छन् ।

हुम्लाको दक्षिणी क्षेत्रमा रहेको चङ्खेली गाउँपालिकामा होम आइसोलेशनमा रहेकी सङ्क्रमित श्रीमतीको दैनिक उपचार गर्न नआएको भन्दै ती शिक्षकले गाउँपालिकाका स्वास्थ्य संयोजकमाथि हातपात गरेका हुन् । 

सङ्क्रमित महिला होम आइसोलेशनमा बसेकी र दैनिक बिरामी भेट्न नआएको भन्दै गाउँपालिकाका स्वास्थ्य संयोजक कालीबहादुर बुढालाई शिक्षक अमृत रोकायाले हातपात गरेका हुन् ।

दिनहुँ उपचार गर्न किन नआएको भन्दै आफूमाथि शिक्षक रोकायाले हातपात गरेको संयोजक बुढाले बताएका छन् ।

प्रमुख जिल्ला अधिकारी गणेश आचार्यका अनुसार हाल सम्बन्धित घटनास्थलमा प्रहरी चौकीको टोली पुगेर छलफल गरिरहेको भने घटनाबारे सत्यतथ्य बुझेर प्रक्रिया अगाडि बढाइने छ ।

शीर्ष समाचार

धेरै पढिएको