June 16, 2021, Wednesday
२०७८ असार २, बुधबार

सरकारले ल्याएको अध्यादेशविरुद्धका ६ रिटको पेसी आज

काठमाडौं, सरकारले ल्याएको अध्यादेशविरुद्धका ६ परेका रिटको आज पेसी तोकिएको छ । शुक्रवार संवैधानिक इजलासले उक्त रिटमाथि सुनुवाइ गर्दैछ ।

आजको सर्वोच्च अदालतको पूर्ण बैठक सकिएलगत्तै इजलास बस्ने सर्वोच्च प्रशासनले जनाएको छ । अधिवक्ताहरू विष्णुकुमारी गिरी, रामबहादुर शाही, कुलबहादुर बोगटीलगायतले हालेको रिटको सुनुवाइ आजको इजलासले गर्नेछ ।

यसअघि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९ जेठमा नागरिकतासम्बन्धी अध्यादेश प्रमाणीकरण गरेकी थिइन् । यसपछि १४ जेठभित्र अध्यादेश संविधान र राष्ट्रियताविरुद्ध भएको भन्दै आधा दर्जन रिट दर्ता भएका थिए ।

शीर्ष समाचार

धेरै पढिएको