June 12, 2021, Saturday
२०७८ जेष्ठ २९, शनिबार

तराई, मधेश र भित्री मधेशलाई मरुभूमिकरण गर्ने कार्य स्वीकार्य हुँदैन: थापा

file photo

काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वातावरणीय सन्तुलन बिगार्ने तथा तराई/मधेश र भित्री मधेशलाई मरुभूमिकरण गर्ने कुनै पनि कार्य स्वीकार्य नहुने बताएका छन् ।

आज सामाजिक सञ्‍जाल ट्वीटमार्फत थापाले खानीजजन्य ढुंगा, गिट्टी, वालुवा निकासी गरी व्यापार घाटा न्यूनिकरण गरिने छ भन्ने सरकारी नीतिले सर्वत्र आशंका, भ्रम र चिन्ता पैदा भएको बताएका हुन् ।

उनले यसबारे सरकारले आफ्नो धारणा स्पष्ट पार्नुपर्ने उल्लेख गरेका छन् भने बजेट वक्तव्‍यमार्फत सरकारले ल्याएको सो कदम सच्याउन सरकारमाथि चौतर्फी दवाव बढेको छ ।

शीर्ष समाचार

धेरै पढिएको