June 13, 2021, Sunday
२०७८ जेष्ठ ३०, आईतवार

जातीय भेदभाव तथा छुुवाछूत प्रथाविरुद्ध दृढतापूर्वक क्रियाशील रहन आग्रह

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले जातीय भेदभाव तथा छुुवाछूत प्रथाविरुद्ध दृढतापूर्वक क्रियाशील रहन सम्बद्ध सबैमा हार्दिक आह्वान गरेकी छन् ।

आज जातीय भेदभाव तथा छुुवाछूत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमाविरुद्धको अपराध भएको बताएकी हुन् ।

सन्देशमा भनिएको छ, “सामाजिक जागरणबाट सबैमा समभावको विकास गर्न तथा सबै जात–जाति र समुदायबीच आपसी एकता, मेलमिलाप र सहयोगको भावना अभिवृद्धि गरी राष्ट्रिय एकतालाई सुदृढ बनाउनसमेत यस दिवसले सबैलाई अभिप्रेरित गर्नेछ भन्ने मलाई विश्वास छ ।

नेपालको संविधान तथा यसअन्तर्गत भएका कानुनी व्यवस्थाले जातीय आधारमा हुने सबै प्रकारका विभेद, बहिष्करण, वञ्चितीकरण र हिंसालाई अपराधका रूपमा लिँदै त्यसलाई निषेध गरेको छ । समाजमा विद्यमान पुरातन सोच, आर्थिक विषमता एवं न्यून चेतनाका कारणले व्यवहारमा जातीय भेदभाव तथा छुुवाछूत प्रथाको समूल अन्त्य हुन नसकेको सन्देशमा उल्लेख गरिएको छ ।

यस्तै वि.सं. २०६३ जेठ २१ गते मुलुकलाई जातीय छुुवाछूतमुक्त राष्ट्र घोषणा गरिएको अवसर स्मरण गर्दै हरेक वर्ष जेठ २१ गतेलाई जातीय भेदभाव तथा छुुवाछूत उन्मूलन दिवसका रूपमा मनाउने गरिन्छ  ।

शीर्ष समाचार

धेरै पढिएको