March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

थप ६ हजार ८२५ जनामा कोरोना संक्रमण, ७५ जनाको मृत्यु

काठमाडौं, बिहिवार थप ६ हजार ८२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ७६ हजार ९३६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोना संक्रमणबाट थप ७५ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ हजार ६३० पुगेको छ ।

हाल देशभर ८३१ जना क्वारेन्टाइनमा रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा कोरोना निको भई ५ हजार ९०४ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ४ लाख ६७ हजार ४६७ पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको