June 16, 2021, Wednesday
२०७८ असार २, बुधबार

ओलीले विधान सबै उल्लंघन गरिसके अब मिल्न सकिदैन: झलनाथ खनाल

काठमाडौं, पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर जान नसकिने भन्दै नयाँ पार्टी खोल्न ढिला गर्न नहुने बताएका छन् ।

बिहिवार एमालेको ओलीविरोधी समूहको केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले तत्कातै नयाँ पार्टी खोल्नुपर्नेमा उनले जोड दिएका हुन् ।

भर्चुअल बैठकमा खनालको भनाई उदृत गर्दै एक नेताले भने, ‘केपी ओलीले विधि विधान सबै उल्लंघन गरिसके अब मिल्न सकिदैन । नयाँ पार्टी खोल्न ढिला गर्न हुन्न ।’

अहिले आत्तिने बेला नभएको र जोस जाँगरका साथ बढ्ने बेला भएको उनले बताए । आफूहरुको समूहमा कम्युनिस्ट आन्दोलनका सच्चा नेता कार्यकर्ता रहेको खनालको दाबी छ ।

शीर्ष समाचार

धेरै पढिएको