April 19, 2024, Friday
२०८१ बैशाख ८, शनिबार

निषेधाज्ञा अवज्ञा गर्ने २ हजार ८७४ सवारी साधन प्रहरी नियन्त्रणमा

file photo

काठमाडौं, कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनका क्रममा गत २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने २ हजार ८ सय ७४ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तीमध्ये ६ सय ९५ वटा गाडी र २ हजार १ सय ७९ वटा मोटरसाइकल रहेका छन् । नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छाड्ने गरेको बताइएको छ ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा तोकिएको मापदण्ड उल्लंघन गर्ने ५ सय ११ जनालाई कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम जम्मा ९५ हजार १ सय रुपैयाँ जरिवाना गरिएको छ ।

यसैगरी नयाँ भेरियन्ट सहितको कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ६ सय ४० जनालाई निस्शुल्क मास्क वितरण गरिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको