
काठमाडौं – सरकारले साउन २१ गतेदेखि आन्तरिक हवाई उडान खाेल्ने र भदौ १ गतेदेखिअन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको छ । बालुवाटारमा साेमबार साँझ बसेकाे मन्त्रीपरिषदकाे बैठकले उक्त निर्णय गरेकाे हाे ।
व्यावसायिक उडान पुनः सञ्चालन गर्दा अपनाउनुपर्ने स्वास्थ्य सुरक्षाका नियमहरू भने पर्यटन मन्त्रालयले बनाउने छ। आन्तरिक र अन्तर्राष्ट्रिय तर्फका उडान खुलाउने सरकारले निर्णय गरे पनि अन्तर्राष्ट्रिय तर्फका सबै देश र गन्तव्यमा भने उडान एकैपटक हुने सम्भावना कम हुने देखिएकाे छ ।
उडान हुने दुवै देशका समान नीति र निर्णयका आधारमा मात्र उडान हुने भएकाले सबैतिर एकैपटक उडान हुननसक्ने भएको हो।सम्बन्धित देशको अध्यागमन र एयरलाइन्सको नीतिका आधारमा अन्तर्राष्ट्रिय उडान सुरू हुने बुझिएको छ ।





