October 25, 2021, Monday
२०७८ कार्तिक ८, सोमबार

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप दश दिन लम्ब्याइने

file photo

काठमाडौं, मंगलवार बसेको उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुका बैठकले काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप दस दिन लम्ब्याउने तयारी गरेको छ ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार जारी निषेधाज्ञाका कारण कोरोना संक्रमणदर कम हुँदै गएकोले थप १० दिने लम्ब्याउनेबारे छलफल गरेको हो ।

यसैगरी केही क्षेत्रहरुलाई सहज बनाउन आंशिक रुपमा खुला गर्ने तयारी थालिएको छ भने खाद्यान्न, किराना पसल, खाद्यान्न मात्र बिक्री गर्ने डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म खोल्न दिनेबारे छलफल भएको छ ।

यस्तै आजको बैठकमा छलफल मात्रै भएको र बुधबार बिहान निर्णय गरिने उनको भनाइ छ ।

शीर्ष समाचार

धेरै पढिएको