October 19, 2021, Tuesday
२०७८ कार्तिक २, मंगलवार

विवेकशील साझाका पूर्वअध्यक्ष उज्वल थापाको निधन

काठमाडौं, कोरोना संक्रमणबाट गम्भीर बिरामी परेका विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको आज निधन भएको छ ।

उनको परिवार स्रोतका अनुसार मेडिसिटी अस्पतालको भेन्टिलेटरमा उपचारर गराइरहेका उनको मंगलबार अपरान्ह ४ बजेर २५ मिनेट जाँदा निधन भएको हो ।

स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई ‘एक्स्ट्राकोपोरियल मेम्ब्रेन अक्सिजेनसन (एक्मो) प्रविधिबाट उपचार भइरहेको थियो । कोरोना संक्रमित भएका उनको रिपोर्ट नेगेटिभ देखाए पनि स्वास्थ्य अवस्था जटिल बनेको थियो । 

शीर्ष समाचार

धेरै पढिएको