October 25, 2021, Monday
२०७८ कार्तिक ८, सोमबार

कोरोना नियन्त्रणमा नेपाललाई सहयोग गर्न साउदी सरकारलाई आग्रह

दोहा, नेपालमा तिव्र गतिले फैलिएको दोस्रो लहरको कोरोना संक्रमण नियन्त्रण गर्नमा सहयोग गर्न साउदीस्थित नेपाली राजदूत डा. महेन्द्र प्रसाद सिंह राजपुतले साउदी सरकारलाई आग्रह गरेका छन् ।

सोमबार साउदीको शाही अदालतका सल्लाहकार तथा राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र (केएस रिलिफ) का महानिरीक्षक डा. अब्दुल्लाह बिन अब्दुलाजीज अल–रबिहसंग भएको भेटवार्तामा राजदूत राजपुतले सहयोग गर्न आग्रह गरेका हुन् ।

उनले आफ्नो कार्यकालको अन्तिम समयमा महानिरीक्षक डा. अब्दुल्लाहको कार्यकक्षमा पुगेर हाल नेपालमा बढदो कोरोना संक्रमण र उपचारको अवस्थाबारे उनलाई जानकारी गराएका हुन् ।

सबै देशहरूमा मानवीय कार्य र समस्यामा परेका मानिसलाई सहयोग र समर्थन गर्न साउदी सरकार तयार रहेको भन्दै उनले नेपाललाई तत्काल चाहिने स्वास्थ्य सामग्री लगायतका उपकरण सहयोग गर्ने बारे साउदी सरकार पनि सकारात्मक रहेको बताईएको छ ।

शीर्ष समाचार

धेरै पढिएको