October 20, 2021, Wednesday
२०७८ कार्तिक ३, बुधबार

गम्भीर अवस्थाका थापालाई भेन्टिलेटरबाट निकालियो

काठमाडौं, गम्भीर अवस्थामा रहेका विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापालाई भेन्टिलेटरबाट निकालिएको छ । यस्तै अस्पतालले उनको अवस्थाबारे आधिकारिक जानकारी दिइसकेको छैन ।

कोरोना संक्रमणपछि उनको सुरुमा ह्याम्स र ग्राण्डी अस्पतालमा उपचार भएको थियो भने पछिल्लो दिनमा गम्भीर अवस्थामा मेडिसिटीमा उपचार भइरहेको थियो ।

अस्पतालका सञ्चार विभाग सदस्य उद्धवराज भेटुवालका अनुसार विवेकशील साझा पार्टीका थापालाई मेडिसिटी भेन्टिलेटरबाट निकालिएको हो । उनका परिवारसँगको सल्लाहपछि थप के गर्ने भन्ने जानकारी केहीबेरमा आउने उनले बताएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको