October 25, 2021, Monday
२०७८ कार्तिक ८, सोमबार

अन्ततः जसपा फुट्यो, अध्यक्ष ठाकुर र महतोसहित चार नेता पार्टीबाट निष्कासन

काठमाडौं, जनता समाजवादी पार्टी (जसपा) फुटेको छ । अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुरमाथि कारबाही गरेपछि फुटेको हो । जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ ।

नेता मोहम्मद इस्तियाक राईका अनुसार जसपाको आज बसेको कार्यकारिणी बैठकले ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्लालाई पार्टी सदस्यबाट निष्कासन गरेको हो । यस्तै फुटको औपचारिक घोषणा हुनमात्र बाँकी छ ।

शीर्ष समाचार

धेरै पढिएको