October 28, 2021, Thursday
२०७८ कार्तिक ११, बिहीबार

सरकारले भोट आकर्षित गर्ने पपुलिस्ट र घटिया काम गर्दैन: प्रधानमन्त्री

काठमाडौं, प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनावका लागि भनेर भोट आकर्षित गर्ने काम सरकारले नगर्ने बताएका छन् । आज युवा संघको केन्द्रीय सचिवालय बैठकलाई सम्बोधन गर्दै ओलीले भोटका लागि पपुलिस्ट र घटिया काम सरकारले नगर्ने बताएका हुन् ।

उनके भने, “चुनावका लागि भनेर पपुलिस्ट काम, जनताको सेवा हैन भोट आकर्षित गर्ने काम, देशको विकास हैन भोट आकर्षित गर्ने घटिया काम सरकार गर्दैन । यो सरकार एउटा चुनाव जितिन्छ कि हारिन्छ भन्ने हैन, एउटा व्यक्ति, एउटा उमेद्वार जित्छ कि हार्छ भन्ने हैन ।

लोकतन्त्र हार्छ कि जित्छ भनेर हेर्छ । लोकतन्त्रलाई जिताउने यसको कर्तव्य हो । जनतालाई जिताउनु पर्छ । यो मान्यताबाट सरकार दायाँबायाँ हुँदैन ।” यो सरकारमाथि चारैतिरबाट घेराबन्दी भएको भन्दै ओलीले त्यसलाई चिर्न युवा संघलाई निर्देशनसमेत दिए । ‘हामीमाथि चारैतिरबाट घेरिएको छ ।

मिडिया हाउस हामीले स्थापना गरेका छैनौं, मिसन पत्रकारिता भनेको घातक पत्रकारिता हो । हामी त्यस्तो पत्रकारितामा विश्वास गर्दैनौं,’ ओलीले भने । ‘

शीर्ष समाचार

धेरै पढिएको