October 20, 2021, Wednesday
२०७८ कार्तिक ३, बुधबार

अब जसपा सरकारमा जाने, आठ मन्त्रालय र दुई राज्यमन्त्री दिने सहमति

काठमाडौं, नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसहित शिर्ष नेताहरुसँग बालुवाटारमा सोमवार भएको जनता समाजवादी पार्टी जसपाका नेताहरुको बैठक सकिएको छ ।

करिब दुई घण्टासम्म चलेको उक्त बैठक सकारात्मक भएकाले जसपा सरकारमा सहभागी हुने सहमति भएको हो । प्रधानमन्त्री ओलीले सरकारमा आउने प्रस्ताव गरेको र जसपालाई दिने मन्त्रालय संख्या टुङ्गो लागेपछि सरकारमा जाने तयारी भएको जसपाका नेता लक्षणलाल कर्णले जानकारी दिएका छन् ।

उनका अनुसार जसपालाई आठ मन्त्रालय तथा दुई राज्यमन्त्री दिने सहमति बनेको छ । तर मन्त्रालयको नाम भने उनले बताएनन् । आजको बैठकमा सहभागी भएका एमाले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङकाअनुसार बैठकमा जसपाको माग मुद्दा सम्बोधन गराउने विषयमा समीक्षात्मक छलफल भएको छ ।

मन्त्रालय भागवण्डाबारे प्रधानमन्त्री र जसपाका अध्यक्ष महन्थ ठाकुरबीच सहमति हुनसक्ने तर बैठकमा त्यसबारे जानकारी नगराइएको उनको भनाइ छ ।

शीर्ष समाचार

धेरै पढिएको