April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

एमालेलाई लुम्बिनीमा पनि झड्का, उपनिर्वाचनमा कांग्रेसका दृगनारायण पाण्डे विजयी

दाङ, लुम्बिनी प्रदेशको रिक्त एक सिटका लागि आज भएको उपनिर्वाचनमा कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डे विजयी भएका छन् । प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गर्दै उनी विजयी बनेका हुन् ।

यसअघि जेठ ६ गते भएको बागमती प्रदेशको राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा पनि एमालेका उम्मेदवार पराजित भएका थिए ।

अहिले हारसँगै उप निर्वाचनबाट एमालेलाई नराम्रो झट्का लागेको छ । एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई कांग्रेस माओवादीसहितको गठबन्धनको तर्फबाट स्वतन्त्र उम्मेदवारी दिएका खिमलाल देवकोटाले पराजित गरेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको