October 20, 2021, Wednesday
२०७८ कार्तिक ३, बुधबार

लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा उपनिर्वाचनको मतदान सकियो

दाङ, लुम्बिनी प्रदेशको रिक्त एक सिटका लागि सोमबार राष्ट्रिय सभा उपनिर्वाचन सकिएको छ । दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा आज बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान भएको हो ।मतदानमा २९७ जनप्रतिनिधि मतदानमा सहभागी भए भने तीन जनप्रतिनिधि अनुपस्थित रहेका थिए ।

प्रदेश निर्वाचन कार्यालयका अनुसार स्थानीय तर्फको मतदानमा केन्द्रमा महिला ७२ र पुरुष १०८ जनाले मतदान गरे भने प्रदेशतर्फको मतदान केन्द्रमा महिला ३० र पुरुष ५० जनाले मतदान गरे । यस्तै कोभिड संक्रमितका लागि व्यवस्था गरिएको मतदान केन्द्रमा प्रदेशका ३ र स्थानीयतर्फका २४ जनप्रतिनिधिले मतदान गरेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको