October 28, 2021, Thursday
२०७८ कार्तिक ११, बिहीबार

कोलम्बियामा हेलिकोप्टर दुर्घटना,पाँच प्रहरीको मृत्यु

बोगोटा, कोलम्बियामा हेलिकोप्टर दुर्घटना हुँदा त्यसमा सवार रहेका पाँच जना प्रहरीको मृत्यु छ । उक्त हेलिकोप्टर कोलम्बियाको बोगोटादेखि पश्चिमतर्फको एक ग्रामीण क्षेत्रमा आइतबार दुर्घटना ग्रस्त भएको थियो ।

कोलम्बियाका राष्ट्रपति इभान डुकले आइतबार एक विज्ञप्ति प्रकाशन गर्दैसो हेलिकोप्टर दुर्घटनामा सवार रहेका पाँच जना प्रहरी अधिकारीहरुको ज्यान गएको जानकारी दिएका हुन् ।

उक्त विज्ञप्तिमा उनले कोलम्बियाको प्रहरी सेवामा रहेका पाँच जना अधिकृतिको ज्यान गुमाउनु परेकोमा निकै दुःख लागेको समेत बताएका छन् ।

दुर्घटनामा मृत्यु भएका प्रहरीहरु त्यहाँको लागू औषधसम्बन्धी विभागमा कार्यरत प्रहरी अधिकारी रहेको बताइएको छ । ग्रामीण क्षेत्रमा दुर्घटनामा परेको सो हेलिकोप्टरको दुर्घटनाको कारणका बारेमा हाल अनुसन्धान जारी नै रहेको कोलिम्बियाली प्रहरीले जानकारी दिएका छन् ।एजेन्सी