October 20, 2021, Wednesday
२०७८ कार्तिक ३, बुधबार

८ लाख डोज खोप लिन नेपाल एयरलाइन्सको जहाज आज बेइजिङ जाँदै

काठमाडौं, कोभिड-१९ विरुद्वको भेरोसेल खोप लिन नेपाल एयरलाइन्सको जहाज आज राती साढे ११ बजे बेइजिङ जाँदैछ ।

नेपाल वायु सेवा निगमका प्रवन्ध निर्देशक डिमप्रसाद पौडेलका अनुसार चीन सरकारले अनुदानमा दिन लागेको आठ लाख डोज भेरोसेल खोप लिन एयरलाइन्सको वाइडबडी जहाज आज बेइजिङ जान लागेको हो ।

पौडेलले भने,‘आज राती साढे ११ बजे बेइजिङ जाने र भोली साढे २ बजे ८ लाख डोज खोप लिएर जहाज नेपाल आइपुग्छ ।’ आज नेपाल वायुसेवा निगमको ए ३३० वाइडबडी जहाज पठाउने तयारी गरेको उनले बताए ।

शीर्ष समाचार

धेरै पढिएको