October 25, 2021, Monday
२०७८ कार्तिक ८, सोमबार

एसईई र कक्षा १२ को परीक्षा वैकल्पिक विधिबाट गर्न सिफारिस

काठमाडौं, माध्यमिक शिक्षा परीक्षा एसईई र कक्षा १२ को परीक्षा वैकल्पिक विधिबाट गर्न राष्ट्रिय परीक्षा बोर्डले सिफारिस गरेको छ । विश्वव्यापी महामारी कोरोना भाइरसकाे सङ्क्रमण दर नेपालमा कम नभएकाले वैकल्पिक विधिबाटै परीक्षा गर्न शिक्षा मन्त्रालयलाई सिफारिस गरेको बोर्डले जनाएको छ ।

यसअघि कोरोना भाइरसको सङ्क्रमण बढेपछि एसईई र कक्षा १२ को परीक्षा स्थगित गर्दै परीक्षा कसरी गर्ने भन्नेबारे अध्ययन गर्न कार्यदल गठन गरेको थियो । उक्त कार्यदलले अहिले अवस्था जटिल नै रहेकाले भौतिक उपस्थिति नगराइ वैकल्पिक विधिमार्फत परीक्षा लिन सुझावसहितको प्रतिवेदन शिक्षा मन्त्रालयमा बुझाएको हो ।

शीर्ष समाचार

धेरै पढिएको