October 28, 2021, Thursday
२०७८ कार्तिक ११, बिहीबार

थप ३ हजार ७०२ जनामा कोरोना संक्रमण, १०९ जनाको मृत्यु

काठमाडौं, आइतबार नेपालमा थप ३ हजार ७०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा गरिएको १० हजार ९८६ पीसीआर परीक्षणमा ३ हजार ७०२ जनामा कोरोना पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत घण्टामा ६ हजार २०५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख ८ हजार ८९७ पुगेको छ । यस्तै क्वारेन्टाइनमा रहनेको संख्या ७६३ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १०९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको