October 28, 2021, Thursday
२०७८ कार्तिक ११, बिहीबार

भियतनाममा कोरोनाको नयाँ भेरिएन्ट पहिचान

काठमाडौं, भियतनामले कोरोना भाइरसको नयाँ भेरिएन्ट पहिचान गरेको छ । जुन भारतीय तथा यूके भेरिअन्टको मिश्रित स्वरूपमा देखिएको र त्यो हावाबाट छिट्टै फैलने अधिकारीहरूले बताएका छन्। भियतनामका स्वास्थ्यमन्त्री गुयन थान्ह लङ्गका अनुसार पछिल्लो उत्परिवर्तनलाई शनिवार व्याख्या गर्दै त्यसलाई निकै खतरनाक भएको दाबीसमेत गरेका छन् ।

भाइरसहरू उत्परिवर्तन भइरहन्छन् र धेरैजसो भेरिअन्टहरू महत्त्वपूर्ण हुँदैनन् तर केहीले भने भाइरसलाई थप सङ्क्रामक बनाउने उनले बताए । सन् २०२० को ज्यानुअरीमा पहिलो पटक कोभिड-१९ पहिचान भएयता हजारौँ उत्परिवर्तनहरू भएका छन् ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको