October 25, 2021, Monday
२०७८ कार्तिक ८, सोमबार

जेट विमान दुर्घटना हुँदा अमेरिकामा सात जनाको निधन

वासिङ्टन, संयुक्तराज्य अमेरिकाको टेनिसी पोखरीमा एउटा सानो सेस्ना जेट विमान दुर्घटना हुँदा त्यसमा सबार सबैको मृत्यु भएको छ । सेस्ना सी५०१ बिमान पर्सी प्रिस्ट लेकमा शनिबार बिहान दुर्घटनाग्रस्त भएको अधिकारीहरुले बताएका छन् ।

प्रारम्भिक विवरणमा स्मिर्ना बिमानस्थलबाट उडेको केही समयभित्रै बिमान पोखरीमा खसेको उल्लेख छ । उद्धारकर्मीका अनुसार बिमानमा सवार सबै सात जनाको मृत्यु भएको छ । संघीय हवाई उड्डयन प्रशासनले विमान दुर्घटनाका बारेमा अनुसन्धान शुरु भइसकेको जनाएको छ । एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको