April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

विपक्षी पाँच गठनबन्धनको संयुक्त वक्तव्य: अध्यादेशबाट जारी बजेटप्रति विरोध

काठमाडौं, विपक्षी पाँच गठनबन्धनले सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि कामकारवाही नगर्न ठाडो चेतावनी दिएको छ । प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा आज बिहान बसेको पाँच गठबन्धनको बैठकले संविधान विपरितका र अलोकतान्त्रिक कामकारवाहीमा सहयोगी नहुन राज्यका सबै अंग र नियकाहरुलाई अपिल समेत गरेको हो ।

वक्तत्वयमा उल्लेख गरिएको छ, ‘प्रतिनिधिसभाको पुनस्थापना र प्रतिनिधिसभाका १४९ सदस्यहरुको हस्ताक्षरमा विकल्प प्रधानमन्त्रीका रुपमा हामीले विधिवत् दावी प्रस्तुत गरिसकेको अवस्थामा देश र जनतालाई दीर्घकालीन असर पर्ने किसिमका कुनैपनि कामकारवाही नगर्न सरकारलाई चेतावनी दिन चाहन्छौं।सरकारका संविधान विपरितका र अलोकतान्त्रिक कामकारवाहीमा सहयोग नुन राज्यका सबै अंग र निकायहरुलाई पनि आग्रह गर्दछौं ।’ सरकारले अध्यादेशमार्फत जारी गरेको बजेटप्रति विपक्षी गठबन्धनले विरोध जनाएको छ । संसदमा पेश हुनुपर्ने किसिमको बजेट अध्यादेशमार्फत ल्याएर सरकारले अवैधानिक काम गरेको विपक्षी गठबन्धनको ठहर छ ।

वक्तत्वयमा भनिएको छ, ‘देश कोरोना महमारीबाट आक्रान्त भइरहेको कठिन स्थितको दुरुपयोग गरी प्रधानमन्त्री केपी ओलीद्वारा संविधानको अवहेलना र उल्लंघन गर्ने काम एकपछि अर्को गरी भइरहेको छ। ‘सरकारको संरक्षणमा भ्रष्टचार र कमिसनखोरी रहेको बढ्दो छ।’ उनीहरूले सर्वोच्च अदालतबाट संवैधानिक व्यवस्थाको संरक्षण भइ न्याय प्राप्त हुने पनि विश्वास लिएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘संवैधानिक सर्वोच्चता, कानुनी शासन प्रणाली र स्वतन्त्र न्यायालय रहेको हाम्रो देशमा सवोच्च अदालतबाट संवैधानिक व्यवस्थाको संरक्षण भइ न्याय प्राप्त हुनेमा हामी विश्वस्त छौँ । लामो कठोर संघर्षबाट प्राप्त नेपालको संविधान र लोकतन्त्रको पक्षमा एकताबद्ध सशक्त किसिमले आवाज उठाउन र दृढताका साथ अग्रसर हुन हामी सम्पूर्ण राजनीतिक दलका नेता र कार्यकर्ताहरु तथा आम जनसमुदायमा हार्दिक आह्वान गर्दछौँ ।’

शीर्ष समाचार

धेरै पढिएको