
स्वर्गद्वारीको धरम्पानीबाट भिंगृतर्फ गुडेको ट्रयाक्टर नगरपालिका वडा नं. ३ रुमालेमा दुर्घटना भएको थियो प्यूठानमा ट्रयाक्टर दुर्घटनामा परि मृत्यु भएका व्यक्तिको पहिचान भएकाे छ । मृत्यु हुनेमा चालक सहित ७ जना रहेका छन् ।रोल्पा रुन्टिगढी गाउँपालिका–५, वाईजाका अन्दाजी २१ वर्षीय सागर बस्नेत, २४ वर्षीय रिमबहादुर बस्नेत, १९ वर्षीय वीरेन्द्र बाठा मगर, १९ वर्षीय थमन बाठामगर, गोर्वधन बुढामगर, २५ वर्षीय कविराम बस्नेत रहेका छन् ।
त्यस्तै, ट्रयाक्टर चालक त्रिवेणी गाउँपालिकाका अन्दाजी २५ वर्षीय कमल कुँवरकाे पनि मृत्यु भएको प्यूठान प्रहरीका सूचना अधिकारीले संञ्चार माध्यमलाई जानकारी गराएका छन् ।





