October 28, 2021, Thursday
२०७८ कार्तिक ११, बिहीबार

सरकारद्वारा १६ खर्ब बजेट सार्वजनिक, कोरोना रोकथामका लागि ३७ अर्ब

काठमाडौं, सरकारले आगामी आर्थिक वर्ष २०७८/२०७९का लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट सार्वजनिक गरेको छ । गत वर्षको बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ थियो ।

यस्तै चालूतर्फ संघले खर्च गर्ने ६ खर्ब ७८ अर्ब ६१ करोड, पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब २६ करोड, वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ७ अर्ब ९७ करोड र प्रदेश/स्थानीयतहलाई वित्तीय हस्तान्तरणतर्फ ३ खर्ब ८६ अर्ब ७१ करोड रुपैयाँ रहेको अर्थमन्त्री पौडेलले बताएका छन् ।

कोभिड रोकथाम तथा नियन्त्रणका लागि खोप खरिद गर्न २६ अर्ब ७५ करोड रुपियाँ बजेट विनियोजन गरिएको छ । आर्थिक वर्ष २०७८/७९ को वजेट प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले सो घोषणा गरेका हुन् ।

उनले कोभिड-१९ को परीक्षण र उपचार निःशुल्क गरिने पनि बजेटमा उल्लेख गरेका छन् । यसै गरी कोभिड–१९ नियन्त्रण र रोकथामका लागि ३७ अर्ब ५३ करोड रुपैयाँ विनियोजन गरेको छ ।

आर्थिक वर्ष २०७८–७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले कोभिड–१९ नियन्त्रण र रोकथामका लागि ३७ अर्ब ५३ करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिए । यसैगरी कोरोना सङ्क्रमित बिरामीको लागि सबै प्रकारको अस्पताल तथा स्वास्थ्य संस्थाबाट उपचार सेवा उपलब्ध गराउन सेन्टर कमाण्डको अण्डरका कार्यन्वयनमा ल्याइने समेत उहाँले बताउनुभयो ।

त्यस्तै कोभिड बिरामीको उपचारमा संलग्न हुने स्वास्थ्यकर्मी, प्रयोगशालामा काम गर्ने कर्मचारी, सफाइकर्मी र कोभिड रोकथाममा प्रत्यक्ष रुपमा खटिने सुरक्षाकर्मीलाई प्रत्साहनस्वरुप प्रदान गरिने जोखिम भत्तालगायतका अन्य सुविधान सङ्क्रमण जोखिम कायम रहेको अवधिसम्मका लागि निरन्तरता दिइएको छ ।

शीर्ष समाचार

धेरै पढिएको