October 25, 2021, Monday
२०७८ कार्तिक ८, सोमबार

शिक्षा विज्ञान तथा प्रविध मन्त्रालयलाई एक खर्ब ८० अर्ब बजेट विनियोजन


काठमाडौं । सरकारले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई एक खर्ब ८० अर्ब ४ करोड रुपैयाँ विनियोजन गरेको छ ।
अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषण गर्दै विज्ञान तथा प्रविधिको क्षेत्रमा अनुसन्धान गर्न विज्ञान लर mप्रविधि तथा नव प्रवद्र्धन परिषद् गठन गरिने जानकारी दिए ।

यस्तै विश्वस्तरको जनशक्ति उत्पादनका लागि स्थापित मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय आगामी वर्षदेखि सञ्चालनमा ल्याइने उनले जानकारी दिए ।

यस्तै, काभ्रेको पाँचखालमा पूर्वाधार निर्माणको विस्तृत परियोजना प्रतिवेृदन तयार गरी निर्माण कार्यलाई अगाडि बढाउन एक अर्ब ५५ करोड रुपैयाँ विनियोजन गरिएको छ । साथै आगामी बजेटमा प्रज्ञा प्रतिष्ठानलाई पुनसंरचना गरिने उल्लेख छ ।

शीर्ष समाचार

धेरै पढिएको