October 25, 2021, Monday
२०७८ कार्तिक ८, सोमबार

निषेधाज्ञाभर ग्यास खरीदमा २० प्रतिशत छुट, बाझो जमिन निजि क्षेत्रलाई उपयोग गर्न दिने

काठमाडौं, आर्थिक वर्ष २०७८र०७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङबाट खाद्यान्न र खाना पकाउने ग्यास खरिद गर्दा २० प्रतिशत छुट दिने घोषणा गरेका हुन् ।

यसैगरी सरकारले नेपालमा रहेका बाँझो जमिनलाई व्यवसायिक कृषिका लागि निजि क्षेत्रलाई उपलब्ध गराउने भएको छ। आगामी आर्थिक बर्षको बजेटले नेपालका बिभिन्न ठाउँमा रहेका बाँझो जमिनलाई निजि क्षेत्रलाई उपयोग गर्न दिईने बताइएको छ ।

बाँझो जमिनलाई व्यवसायिक कृषि गर्ने उदेश्यले व्यवसायिक तथा निजि क्षेत्रलाई निश्चित मापदण्ड बनाएर प्रयोग गर्न दिईने बजेटले सार्वजानिक गरेको छ ।

त्यस्तै विद्यमान कृषि अनुदानको व्यवस्थालाई संसोधन गरि अहिलेको आवश्यकताअनुसार वास्तविक कृषक तथा कृषि व्यवसायीलाई हित हुने गरि नीति निर्माण गरिने बजेटमा उल्लेख छ ।

शीर्ष समाचार

धेरै पढिएको