October 20, 2021, Wednesday
२०७८ कार्तिक ३, बुधबार

विद्यार्थीलाई ल्यापटप किन्न ८० हजार ऋण दिइने

file photo

काठमाडौं, विद्यार्थीलाई ल्यापटप किन्न ८० हजा ऋण दिने भएको छ । उक्त कुरा आर्थिक वर्ष २०७८/७९ काे बजेट सार्वजनिक गर्दै शनिबार प्रधानमन्त्रीकाे कार्यलय सिंहदरबारबाट अर्थमन्त्री विष्णु पौडेलले बताएका हुन् ।

सार्वजनिक विद्यालय वा सो भन्दा माथिल्लो तहमा अध्ययन गर्ने विद्यार्थीलाई एक थान ल्यापटप किन्न १ प्रतिशत ब्याजदरमा रु ८० हजार उपलब्ध गराउने र बैकल्पिक सिकाइका लागि ल्याइएको यस्तो ऋण रकम २ बर्षभित्र तिर्नुपर्नेछ ।

त्यसैगरी १६ बर्ष भन्दा माथिका विद्यार्थीलाई एकथान सिमकार्ड पनि निःशुल्क उपलब्ध गराइने बताएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको