October 28, 2021, Thursday
२०७८ कार्तिक ११, बिहीबार

थप ४ हजार ४८७ जनामा कोरोना संक्रमण, ६ हजार ८० जना डिस्चार्ज

काठमाडौं, शनिवार थप ४ हजार ४८७ जनाम कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ५३ हजार ४२२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना निको भई ४ हजार ४८७ जना डिस्चार्ज भएका छन् । हालसम्म कोरोना निको हुनेको संख्या ४ लाख ३४ हजार ७५० पुगेको छ ।

हाल देशभर ८९१ जना क्वारेन्टाइनमा रहेका छन् । यस्तै गत २४ घण्टाम कोरोना संक्रमणबाट ११६ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ हजार १६३ पुगेको मन्त्रालयले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको