October 25, 2021, Monday
२०७८ कार्तिक ८, सोमबार

बर्खायाम लागेसँगै सुनकोशी नदीमा बेलिब्रिज खोल्ने कार्य शुरु

file photo

उदयपुर, रौतामाई गाउँपालिका–५ फोक्सिङटार र खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेस्थित सुनकोशी नदीमा छ महिनाअघि जडान गरिएको बेलिब्रिज खोल्ने कार्य औपचारिक रुपमा शुरु गरिएको छ ।

सडक कार्यालयका प्रमुख गोपाल खकुरेलका अनुसार गाईघाट–दिक्तेल सडक कार्यालयका अनुसार बर्खायाम लागेसँगै सुनकोशी नदीमा पानीको बहाव बढ्दै गएका कारण बेलिब्रिज बगाउने खतरा भएकाले खोल्ने कार्य शुरु गरिएको हो ।

सो बेलब्रिज खोल्नका लागि रेग्मी रौता रुक्मीणी कन्सट्रक्शन कम्पनी प्रालिले यसअघि बेलिब्रिज जडान गर्ने र हाल बेलिब्रिज खोल्न जिम्मा लिएर काम शुरु गरेको गाईघाट दिक्तेल सडक कार्यालयले जनाएको छ ।

यस्तै सुनकोशीमा बेलिब्रिज खोलिएपछि गाईघाट–दिक्तेल सडक खण्डअन्तर्गत उदयपुरदेखि पहाडी जिल्ला खोटाङ दिक्तेलसम्म सिधै सञ्चालन हुने यातायातका साधन छ महिनाका लागि बन्द हुने भएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको