October 28, 2021, Thursday
२०७८ कार्तिक ११, बिहीबार

भेरी अस्पतालमा आजबाट २५ सुरक्षाकर्मी तैनाथ

file photo

नेपालगन्ज, भेरी अस्पतालका स्वास्थ्यकर्मी चिकित्सक र नर्सहरुमाथि हातपात, कुटपिट तथा दुव्र्यवहार हुन भएपछि सुरक्षाका लागि अस्पतालमा २५ जना सुरक्षाकर्मीलाई तैनाथ गरिएको छ ।

स्वास्थ्यकर्मीको सुरक्षाको प्रबन्ध मिलाउने भनि आन्दोलनरत स्वास्थ्यकर्मीहरुसँग सहमति भए बमोजिम आजबाट भेरी अस्पतालमा सईको नेतृत्वमा २५ जना सुरक्षाकर्मीलाई तैनाथ गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताएका छन् ।

उनका अनुसार भविष्यमा सुरक्षाकर्मीमाथि कसैले पनि आक्रमण र दुव्र्यवहार गर्न नपाओस भन्ने उदेश्यले अस्पतालमा अस्थायी प्रहरी युनिटनै स्थापना गरिएको हो ।

सो प्रहरी टोलीले अस्पतालको आपाताकालीन कक्षदेखि कोभिड वार्ड र अन्य विभिन्न वार्डमा समेत सुरक्षा दिने बाँकेका प्रहरी प्रमुख एसपी ओम रानाले बताए ।

यसअघि बिहीबार राती दाङ तुलसीपुरका कोरोना संक्रमित डिल्ली रावतको उपचारका क्रममा भेरी अस्पतालमा निधन भएपछि उनका आफन्तले अस्पतालमा तोडफोड गर्नुका साथै नर्स र चिकित्सकमाथि आक्रमण गरेर कुटपिट गरेका थिए । ज्यान जोगाउन भागेका स्वास्थ्यकर्मीले अस्पतालको माथिल्लो तलाबाट हाम्फालेर ज्यान जोगाएका थिए ।

शीर्ष समाचार

धेरै पढिएको