April 18, 2024, Thursday
२०८१ बैशाख ७, शुक्रबार

जसपा अध्यक्ष ठाकुरसहित ४ नेतालाई चित्त बुझ्दो स्पष्टीकरण बुझाउन अल्टिमेटम

काठमाडौं, जनता समाजवादी पार्टी (जसपा) ले अध्यक्ष महन्थ ठाकुरसहित ४ नेतालाई स्पष्टीकरण नआएको भन्दै शनिबार फेरि पत्र पठाएको छ ।

यसअघि उपेन्द्र यादव पक्षले अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई जेठ ११ गते स्पष्टीकरण माग्दै पत्र पठाएको थियो । उनीहरु चारै नेताले स्पष्टीकरण नबुझाएपछि आज पुन : स्ष्टीकरण माग्दै पत्र पठाइएको हो ।

पत्रमा भनिएको छ, ‘जेठ ८ गतेको कार्यकारिणी समितिको बैठकको निर्णय नं ४ बमोजिम तपाईलाई कारबाही किन नगर्ने भनि स्पष्टीकरणको जवाफ प्राप्त हुन नभएकोले दोस्रो पटक पुन: यो पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र चित्त बुझ्दो स्पष्टीकरण लिइ आउन अनुरोध छ ।’

यस्तै पत्र प्राप्त गरेको म्याद भित्र चित्तबुझ्दो सन्तोषजनक जवाफ प्राप्त नभएमा पार्टीबाट निष्काशनसमेत हुने चेतावनी दिइएको छ ।

शीर्ष समाचार

धेरै पढिएको