October 20, 2021, Wednesday
२०७८ कार्तिक ३, बुधबार

सुदूरपश्चिम प्रदेशमा मन्त्रीमण्डल विस्तार, चार मन्त्रीद्वारा सपथ ग्रहण

लम्की, सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री त्रिलोचन भटट्ले शुक्रबार मन्त्रीमण्डल विस्तार गरेका छन् ।

शुक्रबार एक कार्यक्रमकाबीच सुदूरपश्चिम प्रदेशका चार राज्यमन्त्रीले सपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख गंगाप्रसाद यादवले भौतिक पूर्वाधार विकास मन्त्रीमा दीर्घ सोडारी, आर्थिक मामिला तथा योजना मन्त्रीमा प्रकाश शाह, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा मानबहादुर धामी, सामाजिक विकास मन्त्रीमा लालबहादुर खड्का र आन्तरिक मामिला तथा कानून मन्त्रीमा पूर्णा जोशीलाई शपथ ग्रहण गरएका हुन् ।

यस्तै, सामाजिक विकास राज्य मन्त्रीमा मना साउँद, भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा चुनकुमारी चौधरी, भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा मानबहादुर सुनार र आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा अर्चना गहतराजलाई प्रदेश प्रमुख यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । योसँगै अब सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रीमण्डल ११ सदस्यीय बनेको हो ।

शीर्ष समाचार

धेरै पढिएको